लकडाउनको पहिलोदिन नेपालगञ्ज (फोटो कथा)

रुद्र सुवेदी ९ बैशाख २०७८, बिहीबार ११:५६
 

नेपालगञ्ज :  बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै आव्हान गरिएको नेपालगञ्ज लकडाउनको पहिलो दिनमा बजार पूर्ण रुपले बन्द गरिएका छन् । बन्दका कारण नेपालगन्ज बजार सुनसान छ ।

नेपालगञ्जका विभिन्न चोक तथा सडकहरुमा अत्यावश्यक सेवाका लागि मानिसहरुको हिडडुल रहेको छ । विहान भारतका विभिन्न स्थानबाट आउनहरुलाई जमुनाहबाट नगरबसमा बसालेर सिधै बसपार्कमा पुुराईएको थियो ।

यसैबीच लकडाउनको अवस्थाबार स्थलगत बुझ्नका लागि बाँकेका प्रमसख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका प्रहरी प्रमुख एस्पी ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक अशोकबम लगायतको टोलीले सीमा क्षेत्रको जमुनाह, तथा नेपालगञ्जको विभिन्न स्थानमा पुगेको थियो ।


फोटो रुद्र सुवेदी : सदरलाइन डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा बेड अभावसंगै विकल्पको खोजी गर्न आग्रह

९ बैशाख २०७८, बिहीबार ११:५६
नेपालगञ्ज  : पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बृद्धि भएपछि बाँकेमा कोरोना सक्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सक्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको हो । भेरी अस्पतालमा कोभिडको विरामीका लागि […]