नेपालगञ्ज नाकाबाट दुई सय बढीको उद्धार

२३ श्रावण २०७६, बिहीबार १८:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले बिगत एक बर्षको अवधीमा २०९ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । नेपालगञ्जस्थित भारतीय नाका जमुनहा हुँदै अवैधरुपमा भारत तथा खाडी मुलुक लैजादै गरिएका २०९ महिला तथा बालबालिकालाई उद्धार गरिएको हो ।
उक्त अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं. ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५ सयभन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका थिए । तीमध्ये १३६ जनाको सकुशल उद्धार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्धार गरिएको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख केशव कोइरालाले बताए । कोइरालाका अनुसार दिल्ली लगेर बन्धक बनाइएका १६ महिलाको भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा उद्दार गरि नेपाल ल्याइएको हो ।
त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो । भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको कोइरालाले बताए । कोइरालाका अनुसार कामको प्रलोभनमा अवैध रुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाई छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ ।
मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ । साथै जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनस्र्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्धार, पुनस्र्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए ।

Next Post

नेपालगन्जको गुरुद्वारा अगाडिका फर्निचर पसलमा भिषण आगलागी

२३ श्रावण २०७६, बिहीबार १८:०९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जको गुरुद्वारा अगाडि रहेको फर्निचर पसलमा बिहिबार राती भिषण आगलागी भएको छ । सो आगलागीमा परेर १२ वटा फर्निचर पसलसहित १३ वटा पसल नष्ट भएका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका लस्करै फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो । बिहीबार राती सवा ११ बजेतिर […]

सम्बन्धित