कोरोना संक्रमित बृद्धिपछिको अवस्थाका कारण

भेरीमा बेड अभावसंगै विकल्पको खोजी गर्न आग्रह

सदरलाइन संवाददाता १० बैशाख २०७८, शुक्रबार २०:१२
 

नेपालगञ्ज  : पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बृद्धि भएपछि बाँकेमा कोरोना सक्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड अभाव भएको छ ।

अस्वाभाविकरूपमा कोरोना सक्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको हो ।


भेरी अस्पतालमा कोभिडको विरामीका लागि तयार पारेको बेड एउटा पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

भेरी अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ बेड भरिएको उनले बताउदै अब भने बिकल्प सोच्ने बेला आएको बताए ।

डा. थापाले अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको बताउदै विकल्पको लागि पहलगर्नु पर्ने कुरामा उनको जोड छ । उनले संक्रमितको संख्या बढेसंगै बिकल्प र जनशक्ति थप गर्नको लागि लामोसमयदेखि संबन्धित निकायको ध्यानाकर्षण गराउदै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकका लागि क्षमता विकाश तालिम

१० बैशाख २०७८, शुक्रबार २०:१२
बर्दिया : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तरगत बर्दियाको बारबर्दिया नगरपालिका ठाकुरबाबा नगरपालिका ,राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका परियोजना बिद्यालयका शिक्षकहरुका लागि ३ दिने स्टीम एजुकेशनका बारेका क्षमता विकाश तालिम ठाकुरद्धारा बर्दियामा सुरु भएको छ । शुक्रवारबाट […]