बाँकेमा बिहीबारदेखि लकडाउन हुनसक्ने

कोरोना संक्रमणको दर अत्याधिक बृद्धि भएको कारण देखाउदै

रुद्र सुवेदी ७ बैशाख २०७८, मंगलवार १५:२९
 


नेपालगञ्ज :बाँकेमा कोरोना संक्रमण बृद्धिको उच्च दरमा रहेको कारण बाँकेका स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले संक्रमणको दर घटाउन अनिबार्य लकडाउनको विकल्प नभएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई दिएका छन् ।

मंगलबार दिउसो बाँकेका स्थानीय तहका प्रमुख, स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्थानीय राजनीतिक दल, व्यावसायीका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागितामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निश्कर्ष निकाल्दै बिहीबारदेखि कम्तिमा पनि एक हप्ता बाँके जिल्ला लकडाउन गर्न सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनले बाँकेको कोरोना संक्रमणको दर अत्यन्तै तीब्ररुपले बृद्धि भएको कारण संक्रमणको चेन तोड्नको लागि स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा संघिय सरकारबाट प्राप्त गाईडलाईनका अनुसार विद्यालय, हेल्थक्लव, पौडि पोखरी, मनोरञ्जनका स्थललगायतको स्थानहरु बन्द गर्नुको साथै बाँके जिल्लालाई लकडाउन गर्न सकिने बताए ।

उनले बाँकेबासीलाई कोरना महामारीको संक्रमणबाट आफु पनि जोगिन र अरुलाई पनि जोगाउनको लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै आफुलाई आवश्यक पर्ने खाद्यान्नलगायतको जोहो गर्न आग्रह समेत गरेका छन ।


सो बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य आईपी खरेल, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, खजुराका अध्यक्ष किस्मत कुमार कक्षपति, एमाले बाँकेका अशोक कर्माचार्य, जनता समाजबादीका कमरुदिन राई, भेरी अस्पतालका डा प्रकाशबहादुर थापालगायतको उपश्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आज रातीबाट लकडाउन

७ बैशाख २०७८, मंगलवार १५:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर क्षेत्रभरी स्थानीय प्रशासनले आजराती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र भित्र तीब्र गतिमा फैलिएको कोरोना संक्रमणको साङ्लोलाई तोड्ने उदेश्यले अत्यावश्यक सेवा र सो का लागि आवश्ष्क पर्ने सवारी साधन बाहेकका सबै क्षेत्रलाई अनिबार्य बन्द गर्ने बाँकेका […]