‘बाँकेमा निर्वाचनको लागि शान्त बाताबरण छ, धमिल्याउन नखोजौ’

सदरलाइन संवाददाता १८ कार्तिक २०७९, शुक्रबार १८:१९
 

नेपालगञ्ज :  आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनको लागि स्वच्छ, निष्पक्ष तथा भयरहित बाताबरण तयार बनाउन राजनीतिक दल र सरोकारवाला निकाय प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिईएको छ ।

ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले शुक्रबार नेपालगञ्जमा आयोजनामा स्वच्छ, निष्पक्ष, तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेमा स्वच्छ निर्वाचनको लागि बाताबरण निर्माण हुँदै आएको दाबी गरे । उनले निर्वाचनको बेलामा कुनै पनि अवाञ्छित गतिबिधि हुन नदिने र सबैले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वाताबरण तयार पारिने समेत बताए ।

उनले भने–‘ राजनीतिक दलहरुले आचार संहिता पूर्ण पालना गर्ने हो भने सबै कुरा निर्बाध अघि बढ्नसक्छ । यहाँ राजनीतिक दलले आफुले उलंघन गर्दा अधिकार अरुले गर्दा उजुरी गर्ने बानी हटाउनु पर्यो ।’


कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले खुला बोडरको कारण सुरक्षाको चुनौती भएपनि बाँकेमा अवस्था सामान्य रहेको र निर्वाचनको मतदान हुनेदिन तथा परिणाम आउदासम्मको अवस्था सामान्य राखिने प्रतिबद्धता जनाउदै यस कार्यको लागि सबैले सहयोग हुनु पर्ने कुरामा जोड दिए ।

उनले शान्तपूर्ण बातारबणमा विभिन्न अवफाह पैmलाएर जबरजस्ती बाताबरण धमिलो बनाउन खोजिएको दाबी गर्दै भने–‘ बाँकेमा कुनै पनि अबाञ्छित गतिबिधि भएको छैन र हुन दिने पनि छैन । अनाहकमा नभएको कुरा अवफाह फैलाएर बाताबरण धमिलो बनाउन कसैले पनि नखोजे हुन्छ ।’

ईन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले सहजिकरण गर्नु भएको सो कार्यक्रमका सहभागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावमा प्रचारको लागि भारतीय सवारी साधनको प्रयोग नगर्ने, आचार संहिताको पूर्ण पालना गर्ने, मतदाता शिक्षा लिएर घरदैलोमा जाने, तथा मतदाता मैत्री मतदान केन्द्रको निर्माण गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय शान्ति ढकाल, दीपा शर्मा रुपाखेती, नेपाली काँग्रेस बाँकेका सचिव शुधान्शु कोईराला, माओवादी केन्द्रका तारा खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका लक्ष्मी तिवारी, नियोकका सुरेश गौतम, पदम पाण्डेलगायतले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधित्व जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरो गठबन्धन यो क्षेत्रका सबै जनतासँग छ : इश्तियाक राई

१८ कार्तिक २०७९, शुक्रबार १८:१९
नेपालगञ्ज : जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी एजेण्डा भएको बताएका छन् । नेपालगञ्जको वडा नं २० मा भएको एउटा चुनावीसभामा बोल्दै त्यो एजेण्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास ।’ विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि […]

सम्बन्धित