ठक्करबाट युवकको मृत्युपछि ट्रकमा आगजनी

२८ बैशाख २०७६, शनिबार १४:१२
 

सदरलाइनडटकम,
धनगढी : धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । शुक्रवार साँझ धनगढी उप–महानगरपालिका ३ का २६ वर्षीय टेकबहादुर बलायरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
धनगढीबाट अत्तरिया जाँदै गरेको युपी ३१ टी ४८१७ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको से ६ प ३२१७ नम्बरको स्कुटरलाई शुक्रवार बेलुका ठक्कर दिएको थियो । मृतकका आफन्त र स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । घटनापछि अबेर रातिसम्म उक्त क्षेत्र तनावपूर्ण रह्यो । भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमतिपछि अवरुद्ध अत्तरिया धनगढी सडक राति साढे १२ बजेबाट सुचारु भएको छ । चालक भारत लखिमपुरका रवि शंकरलाई प्रहरीले नियन्त्रण लिएको छ । स्कुटरमा सवार पूजा तामाङ सामान्य घाइते भएको र उनी सेती अञ्चल अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

Next Post

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १ देखि

२८ बैशाख २०७६, शनिबार १४:१२
सदरलाइनडटकम, धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ १ गतेदेखि शुरु हुने भएको छ । गत वर्ष माघ ४ गते सुरु भएको हिउँदे अधिवेशन वैशाख १२ गते अन्त्य भएको थियो । जेठ १ गते दिउँसो ३ बजे प्रदेश सभाको चौथो अधिवेशनको पहिलोबैठक बस्ने सभामुख अर्जुनबहादुर थापाले बताए । आगामी […]