कोरोना कहर

सीमा कडाई गर्नेदेखि स्वास्थ्यका मापदण्डमा निगरानी बढाईने

सदरलाइन संवाददाता २ बैशाख २०७८, बिहीबार १९:३३
 


नेपालगञ्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बढ्दो कोभिड–१९ को संक्रमण दर घटाउन विभिन्न निर्णय गरेको छ । दोस्रो चरणको संक्रमण तीब्र रुपले बृद्धि भएपछि सो निर्णय गरिएको जनाईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले सिमा कडाई गर्ने, अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने, भारतबाट आउनेहरुको अनिवार्य चेक, जाँच गर्ने, परीक्षणको दायरा बढाउने, लगायत रहेका छन् ।

यसैगरी भेरी अस्पतालमा कोरोनाका बिारमीलाई लक्षित गरी निर्माण गरिएका सबै बेड सञ्चालनमा ल्याउने, नेपालगञ्ज मेडिकल कलेजको आईशोलेशन वार्ड सञ्चालनमा ल्याउने, मास्क नलगाउनेलाई कार्वाही गर्ने, स्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न लगाउने, भिडभाड हुने कार्यहरुमा रोक लगाउने जस्ता निर्णयहरु भएको साहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।


यसका साथै नेपालगञ्जका सबै विद्यालय तथा शिक्षण संस्था एकसाताका लागि बन्द गर्ने निर्णय समेत भएका छन् । नेपालगञ्ज उपमाहापालिकाकोे विपद व्यवस्थापन समितिले सो निर्णय गरेको हो । नेपालगञ्जमा विभिन्न विद्यालयका १० जना शिक्षक र ५ विद्यार्थीमा कोरोना पुष्टि भएपछि विद्यालय एकसाता बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार कोरोना संक्रमित हुने शिक्षकहरुमा ५ जना सामुदायिक विद्यालय र ५ जना संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का गरी १० जना शिक्षक र ५ जना विद्यार्थीलाई कोरोना पुष्टि भएको हो । नेपालगञ्ज कै एक सामुदायिक विद्यालयका एक जना शिक्षकको कोरोनाबाट मृत्यु भएको आशंका गरिएको नगर शिक्षा अधिकारी थापाले बताए ।

Next Post

कोरोनाबाट ३१ वर्षीय पुरुषको बाँकेमा मृत्यु

२ बैशाख २०७८, बिहीबार १९:३३
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनमा चैत ३१ गते कोरोना पुष्टि भएको […]