कोरोनाबाट ३१ वर्षीय पुरुषको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १३:१७
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


उनमा चैत ३१ गते कोरोना पुष्टि भएको थियो । एक साता अघि भारतबाट आएका उनी श्वास फेर्न गार्हो भएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Next Post

मास्क लगाउन अनुरोध गर्दै बाँकेका सिडिओ

३ बैशाख २०७८, शुक्रबार १३:१७
नेपालगञ्ज : कोरोना बढेपछि अनिवार्य मास्क लगाउन आह्वान गरिएको छ । कोरोना तीव्र गतिमा बढेपछि अनिवार्य मास्क लगाउन आग्रह गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्जको धम्बोझी चोकमा सबैलाई मास्क लगाउन अनुरोध गरे । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो । सो अवसरमा […]