सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले राप्तिसोनारी–२ अगैयामा सोमबार दिउसो भएको ट्याक्टर दुर्घटनाका घाइते तथा मृतकका परिवारजनलाई भेट गरेकी छन् ।
हिजो असार १ गते सोमबार दिउसो ना ७ त ५१८ नम्बरको ट्याक्टर राप्ती सोनारी–३ बैजापुरबाट राप्तीसोनरी– १ कुसुम जाने क्रममा अनियंन्त्रित भई सिक्टा सिचाइ आयोजनाको मुल बाँधको पुलबाट तल नदीमा खसेको थियो ।
सो घटनामा परेर राप्तिसोनारी–३ भगवतीपुरका चुर्ण थारु र सुनिल थारुको मृत्यु भएको थियो भने राप्तीसोनारी–१ जरुवाका ऋषी बिक घाइते भएका थिए । प्रदेस सभा सदस्य नमुनाले सो घटनाका मृतकको परिवारजनलाई भेटेर समबेदना प्रकट गरेको बताईन ।
उनले सो घटनाका घाइतेलाई समेत भेटेर स्वास्थ्यलाभको कामना गरिन साथै घटनास्थल अगैया पुगी घटनास्थलको अबस्थाको बारेमा जानकारी लिएकी थिईन । सो अवसरमा नेकपाका युवा नेता सुर्यप्रकाश घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।