सिद्धेश्वर उमावि स्वर्ण जयन्ती :  मुख्यमन्त्रीद्धारा सम्बोधन

२३ बैशाख २०७५, आईतवार १४:११
 


सदरलाइनडटकम
२३ बैशाख, नेपालगन्ज :  प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले विकास र समृद्धिका लागि संकल्प गर्नु पर्नेमा जोड दिएका छन् । उनले विकास र समृद्धिका लागि सपना देख्न र आफ्ना व्यवहारमा परिवर्तन ल्याउन आग्रह गरे ।
बा“केको राप्तीपारी स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आईतबार सम्बोधन गर्दै मूख्यमन्त्री पोख्रेलले समृद्धिका लागि आधुनिक, व्यवसायिक खेती, व्यवहारिक र प्राविधिक शिक्षा अबको आवश्यकता हुने औल्याए । मूख्यमन्त्री पोख्रेलले प्राविधिक शिक्षाका लागि अनुमति लिन काठमाडौं जाने दिनको अन्त्य हुने बताउँदै प्रदेश सरकारलाई केन्द्रले अधिकार प्रत्यायोजन गर्नु पर्ने बताए । शिक्षा क्षेत्रको योगदानमा बा“के अग्रणी भूमिका खेलेको जिल्ला भए पनि साक्षर जिल्ला हुन नसकेकोमा भने मूख्यमन्त्री पोख्रेलले खिन्नता व्यक्त गरे ।
उनले प्रदेश नं. ५ मा बा“के र कपिलवस्तु जिल्ला मात्र पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको बताए । राप्ती क्षेत्रको कटान र डुवान समस्याबारे बोल्दै मूख्यमन्त्री पोख्रेलले डुवान र कटानको सामना गर्नका लागि सोही अनुसारको खेती प्रणाली र एकीकृत बस्ती बसाल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, प्रदेशसभा सदस्य कृष्णा केसीलगायतले राप्तीपारीको शिक्षा, स्वास्थ्यलगायतका समग्र विकासका लागि पहल गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउने दाताहरुलाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक प्रस्तुतका साथ स्वर्ण जयन्ती मनाइएको थियो ।

Next Post

छोरा नपाएको भन्दै डोल्पाकी बिसरा श्रीमानबाट कुटिइन

२३ बैशाख २०७५, आईतवार १४:११
सदरलाइनडटकम २३ बैशाख, नेपालगन्ज :  ठूलीभेरी नगरपालिका—७ जुफालकी बिसरा रोकाय श्रीमान कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा […]