चिसो र शितलहका कारण दम तथा स्वासप्रस्वासका विरामी बढे

११ पुष २०७४, मंगलवार १४:२९
 

सदरलाइनडटकम
११ पुस, नेपालगन्ज : केही दिनयता चलेको शित लहर र चिसोको कारण बाँके लगायत तराईको जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसोको कारण दम तथा स्वास प्रस्वासका विरामीहरुको अस्पतालहरुमा दैनिक चाप बढ्न थालेको छ ।
नेपालगन्जको भेरी अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले चिसोको कारण केही दिन यता अस्पतालमा दैनिक जसो दम तथा स्वास प्रस्वासका विरामीहरुको चाप रहेको बताए । उनले भने–‘दैनिक जसो अस्पतालको ओपिडि तथा ईमरजेन्सीमा चिसोको कारण स्वासप्रस्वास बढेका विरामीहरु आउने गरेका छन् । बालबालिका र जेष्ठ नागरिकको संख्या अत्याधिक रहेको छ ।’
उनले अस्पतालमा दैनिक १५–२० जना दम तथा स्वास प्रस्वासको समस्या लिएर ओपिडिमा र त्यतिकै अनुपातमा ईमरजेन्सीमा विरामीहरु आउने गरेको बताए । उनले यसका अलवा कोल्ड डायरिया, भाईरल ज्वरोका विरामीहरु आउने गरेको जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा समेत सोही प्रकृतिका विरामीहरुको दिनहुँ घुईचो लाग्ने गरेको सो अस्पतालका बरिष्ठ फिजिसियन डा.असिम किडवाईले दैनिक ओपिडीमा २०–२५ विरामी दम तथा स्वास प्रस्वासबाट ग्रसित भएर उपचारको लागि आउने गरेको बताए ।
उनले भने–‘ओपिडि र ईमरजेन्सीमा बालबालिका र जेष्ठ नागरिक दम तथा स्वास प्रस्वासको समस्याका कारण उपचारको लागि आउने क्रम बढ्दो छ ।’ उनले विरामीको अवस्था हेरेर भर्ना गर्ने वा अक्सिजन दिएर चिसोबाट बच्नको लागि आवश्यक औषधि र काउन्सिलिङ्ग गरेर पठाउने गरेको बताए । उनले अस्पतालमा आउने विरामीहरुमा कोल्ड डाईरीया, भारईरल ज्वोरो, डेंगु ज्वरो र मलेरियाका विरामीहरु पनि फाटफुुट आउने गरेको बताए । उनले भने–‘ डेंगु र मलेरियाको विरामी फैलने यो सिजन ता होईन तर, पनि डेंगु र मलेरियाका विरामीहरु फाटफुट आउने गरेका छन् ।’
उनले चिसो बढ्दै जाँदा जेष्ठ नागरिक र बालबालिकामा स्वास प्रस्वासको समस्या बढदै जाने भएकोले यो वेतालमा तातो झोलिलो पदार्थ सेवन गर्ने र न्यानो कपडा लगाएर सुरक्षित घर मै बस्ने सल्लाह दिएका छन् ।
गत हप्तादेखि बाँकेमा बाक्लो हुस्सुसंगै चिसो हावा चल्ने गरेको कारण एक्कासी चिसो बढेसंगै जनजीवन प्रभावित भएको हो । चिसो बाट बच्नको लागि न्यानो कपडा लगाएर बस्नको तातो झोलिलो पदार्थ सेवन गर्न र काम परे मात्र बाहिर निस्कनको लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ ।

Next Post

यसवर्षको अन्तराल स्पेशीयल अवार्ड उमा र प्रतिभा पुरस्कार दीपकलाई

११ पुष २०७४, मंगलवार १४:२९
सदरलाइनडटकम  ११ पुस, नेपालगन्ज : ईभेन्ट म्यानेजमेन्ट क्षेत्रमा क्रियाशिल अन्तरालको ११ औँ स्थापना दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ । अन्तरालका कार्याकारी प्रमुख जयनारायण शाहले दिएको जानकारी अनुसार यस वर्षको अन्तराल स्पेशीयल अवार्डवाट नेपालगन्ज उप–महानरपालिकाका उपमेयर उमा थापामगरलाई सम्मानित गरिने भएको छ […]