जानकीमा पाठेघरको मुखको क्यान्सर जाँच निशुल्क शिविर सम्पन्न

सदरलाइन संवाददाता ७ चैत्र २०७७, शनिबार १०:३५
 


नेपालगञ्ज  : अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर परिवार नियोजन संघ बाँके र जानकी गाउपालिकाको सहकार्यमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच निशुल्क शिविर विभिन्न वडामा सञ्चालन गरी सम्पन्न गरिएको छ ।

महिलाको सुरक्षा, सम्मान र रोजगार सम्बृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर जानकी गाउपालिकाको विभिन्न वडामा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन गरिएको हो ।

परिवार नियोजन संघ बाँकेका अध्यक्ष डा. मुना श्रेष्ठले जानकी गाउपालिकाको वडा नं. १ को साईगाउ बढैयामा २१ जना, ३ नं. वडाको ईन्द्रपुरमा ४९ जना , ४ नं. वडाको वडा कार्यालयमा ३८ जना र ६ नंम्बरको गनापुरमा २६ जना गरी सो शिविरबाट १ सय ४२ जना महिलाले सेवा लिएको जानकारी दिईन ।

उनले भनिन–‘परिवार नियोजन संघ बाँकेले महिला सशक्तिकरणको साथै प्रजनन स्वास्थ्यको क्षेत्रमा सेवा दिदै आएको छ । यसको मुल उद्देश्य नै स्वास्थ महिला भए घर नै स्वास्थ हुने भन्ने धेयले शिविर सञ्चालन गरिएको हो ।’ यो परिक्षण गराएपछि अगामी पाँच वर्षसम्म पाठेघरको मुखको क्यान्सबाट जोगिन सकिनेछ । परिवार नियोजन संघ बाँकेमा पनि न्यूनतम शुल्क तिरेर यो सेवा लिन सकिने अध्यक्ष डा श्रेष्ठले जानकारी दिईन ।

परिवार नियोजन संघ बाँकेले परिवार नियोजनका अस्थायी साधन मात्र वितरण नगरी महिला सशक्तिकरण क्षेत्र तथा नेतृत्व विकासको लागि पनि काम गर्दै आएको छ ।


संघकी सिनियर स्टाफनर्श शुष्मा आचार्यले मधेशी बाहुल्यता भएको जानकी गाउपालिकामा सानो उमेरमा बिबाह हुने र आमा बन्ने हुँदा उनीहरुमा पाठेघरको समस्या रहेको जाँचका क्रममा पाईएको जानकारी दिइन । उनले शिविरमा जाँककाक लागि आउनेहरुमा सेतो पानी बग्ने, पाठेघरको मुख सुनिएको साथै पाठेघरको मुख वरिपरी स–सानो सिस्ट पलाएको भेटिएको जाँचका क्रममा पाईएको बताईन ।

शिविरमा सहभागि रहेकी स्टाफ नर्श सुमित्रा गुरुङ्गले शिविरमा सेवा लिन आउने महिलाको पाठेघरको मुुखको क्यान्सरको कुनै लक्षण नदेखिएको भए पनि उनीहरुमा समयमा महिनावारी नहुने, पाठेघर खसेको, तथा अन्य प्रजननका समस्याहरु देखा परेको जानकारी दिईन ।

जानकी गाउपालिका वडानं.४ स्वास्थ्य संस्थाका ईन्चार्ज नन्द गिरीले सानो उमेरमा विवाह र आमा बन्ने हुँदा प्रजनन सम्बन्धी समस्या लिएर हरेक महिना जसो आउने गरेको बताए । उनले समस्या लिएर आउने सेवाग्राहीलाई संभव भएसम्म स्वास्थ्य संस्थामा नै उपचार गर्ने र असहज भए भेरी अस्पतालमा पठाउने गरेको बताए ।

Next Post

अवैधरुपमा गिट्टी ओसार्ने टिपर नियन्त्रणमा

७ चैत्र २०७७, शनिबार १०:३५
नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिकाबाट रातारात अवैध रुपमा कोहलपुर बेच्न लैजादै गरिएको गिट्टीसहित २ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ । राप्ती सोनारी ४ लालपुरको क्रसरबाट अबैध रुपमा रातारात गिट्टी लैजादै गरिएको भे १ क १८०७ र भे १ क १८०८ नम्बरको २ वटा टिपरलाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ,पत्रकार […]