एन्फा प्रेसिडेन्ट लिग–२०७७

धादिङ र धम्बोझी बिजयी

सदरलाइन संवाददाता ३ चैत्र २०७७, मंगलवार १९:२९
 


नेपालगञ्ज : नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबारका दुई खेलमा धादिङ समाज धादिङ र दोस्रो खेलमा घरेलु टिम धम्बोझी युवा क्लब बिजयी भएका छन् ।

पहिलो खेलमा सेतो जर्सीमा मैदानमा उत्रेको बाग्मती प्रदेशको लिग च्याम्पियन धादिङ समाज धादिङले रातो जर्सीमा मैदानमा उत्रेको कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ को फराकिलो अन्तरले पाखा लगाउदै विजयी भएको हो ।

एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङका तर्फबाट टिम कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भएका छन् । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए ।

यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे ।

यसैगरी अर्को खेलमा मंगलबारको दोस्रो खेल निलो जर्सीमा मैदानमा उत्रेको लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लब र रातो जर्सीमा रहेको गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पाखा लगाउदै विजयी भएको छ ।


घरेलु मैदानमा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लबका पूर्णबहादुर गुरुङ्गले खेलको ४२ औ मिनेटमा गरेको गोल नै निर्णयक गोल बन्न गयो । खेलको म्यान अफद म्याच गुरुङ्ग नै घोषित भए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घ बहादुर केसी (कुमार) ले ५ हजार सहित सम्मान गरे । गण्डकी प्रदेशको त्रिबेणी युवा क्लवले गरेको प्रयास गोलमा परिणत गर्न नसक्दा शुन्यमै चित्त बुझाउनु परेको थियो ।

यसैगरी प्रतियोगिता अन्तर्गत बुधबार एउटामात्र खेल हुनेछ । जसमा १ नम्बर प्रदेशको सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ ।

नेपालगन्जमा सोमबार देिख सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन । फोटो : सुनपानीबाट

Next Post

वडाको विकासलाई तीब्र पार्दै वडा अध्यक्ष बर्माको टिम

३ चैत्र २०७७, मंगलवार १९:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को राधाकृष्ण टोलमा कालोपत्रे र पक्की नालीका लागि मंगलबार शिलन्यास गरिएको छ । वडा अध्यक्ष दीपक बर्मासहितको जनप्रतिनिधिको टोली वडाको विकासमा अहोरात्र खटेका छन् । विकास प्रेमी युवा नेताका रुपमा परिचय बनाउन सफल वडा अध्यक्ष बर्मा र उनको टिम वडाको विकास, समस्या समाधान […]

सम्बन्धित