निषेधाज्ञा उल्लंघन गर्ने दुईसय सवारीसाधन होल्ड

सदरलाइन संवाददाता १८ असार २०७८, शुक्रबार १४:१९
 

नेपालगञ्ज : निषेधाज्ञा उल्लंघन गरी सवारीसाधान चलाएको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले शुक्रवार दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेर छाडेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन शुक्रवार विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरेर छाडिएको हो ।

कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेर सञ्चालनको अनुमति दिएको छ । ब


ाँकेको ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार जोर प्रणालीका सवारी साधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरेर छाडिएको हो ।

उनीहरुलाई नियमबारे जानकारी गराउँदै सम्झाई बुझाई छाडिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका ४६ स्वास्थ्यकर्मी कामबिहीन

१८ असार २०७८, शुक्रबार १४:१९
नेपालगञ्ज : सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ४६ जना स्वास्थ्यकर्मी ७४ दिनदेखि कामविहीन भएका छन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरुलाई नगरपालिकाले हाजिर नलाउँदा वेकामे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरि पठाएका ४९ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकीलाई कुनैपनि जिम्मेवारी दिएको छैन् […]