वडाको विकासलाई तीब्र पार्दै वडा अध्यक्ष बर्माको टिम

सदरलाइन संवाददाता ३ चैत्र २०७७, मंगलवार १९:३९
 


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को राधाकृष्ण टोलमा कालोपत्रे र पक्की नालीका लागि मंगलबार शिलन्यास गरिएको छ । वडा अध्यक्ष दीपक बर्मासहितको जनप्रतिनिधिको टोली वडाको विकासमा अहोरात्र खटेका छन् ।

विकास प्रेमी युवा नेताका रुपमा परिचय बनाउन सफल वडा अध्यक्ष बर्मा र उनको टिम वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै अब्बल मानिएका वडा अध्यक्ष बर्माले भने–‘ आशन र भाषण भन्दा पनि काम गरेर देखाउने बेला हो । त्यसैले वडाको विकासको लागि हामी अहोरात्र तपाईको घरदैलोमा छौ ।’

उनको नेतृत्वमा मंगलबार (आज) वडा नम्बर १८ पशुपतिनगरमा २ सय ४० मीटर आरसीसी (पक्कि) र नाली ३ सय मीटर ‘अस्फाल्ट’ सडक कालो पत्रेको शिलन्यास गरेका हुन् । वडा अध्यक्ष दीपक बर्माले योसगैं हप्तादिन मै थप चार वटा बाटोको शिलान्यास गरेका छन् ।

उनका दिएको जानकारी अनुसार वडाका अन्य क्षेत्रमा अझै थप पक्कि बाटो निर्माण गर्ने तयारी भएको छ । वडा अध्यक्ष बर्माको अगुवाईमा उनको टिमले शिलान्यास मात्रै होईन सञ्चालनमा रहेको कामलाई पनि तीब्र गतिमा अघि लिएर बढेका छन् ।

सिद्धार्थ भ्यूदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो र गुलरिया बाईपासदेखि उत्तर कारकाँदौ गाउँ भित्र जाने बाटोको निर्माण कार्य तिब्र गतिमा चलेको छ । यो सडक केही दिनमै कालो पत्रे हुने तयारी अवस्थामा रहेको वडा सदस्य दिपक ढुंगानाले जानकारी दिए ।


गत फागुन २८ गते सिक्टा सिँचाईको कार्यालयदेखि पूर्व जाने सडक कालोपत्रे गर्नका लागि शिलन्यास गरेका वडा अध्यक्षले हप्तादिन वित्न नपाउँदै फेरि अर्को बाटो शिलन्यास गरेका हुन ।

वडा अध्यक्ष बर्मा निर्वाचित भएर आएसंगै केही न केही नयाँ कार्य गर्दै आएका छन् । वडामा सोलार विजुली जडान, हाइमास्ट लाईट जडान वा वडाबाट प्रवाह गर्ने सेवासुविधा नै किन नहोस् तदारुकताका साथ अघि बढ्ने वडाअध्यक्ष बर्मालाई एकपछि अर्को गरि सफलता पनि मिल्दै गएकोछ ।

यस्तै वडा नम्बर–१८ मा विशलनगर–बाँनिया गाँउ, तेजनगरमा थप कालोपत्रे, कारकाँदोमा नाला सहितको कालोपत्रे, वाईपास– मानव विकास आश्रम, पशुपतिनगर ट्राभल भिलेज जाने बाटो निर्माणको चरणमा र केही प्रकृयामा रहेको वडा अध्यक्ष बर्माले समेत बताए । हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै पाउन सक्छन् ।

वडाअध्यक्षको एकल प्रयासले मात्र यी काम सम्भव थिएन । त्यसैले उनको साथमा निर्वाचित जनप्रतिनिधिसंगै स्थानीयबासीको समेत भरपूर साथ र सहयोग रहँदै आएकोछ । योसंगै वडाका विभिन्न ठाउँमा पार्क, मन्दिर, पीसीसी बाटो, सोलार बत्ति जडान, माटो पटान तथा ग्राबेल, स्वास्थ्य शिबिर, बिधुुत पोल जडान लगायतका कार्य पनि उनकै नेतृत्वमा भइरहेको छ ।

Next Post

भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको विरामीको गुनासो

३ चैत्र २०७७, मंगलवार १९:३९
नेपालगञ्ज : उपचारका लागि आउने सिकलसेल एनिमियाका विरामीले भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको गुनासो गरेका छन् । उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार नपाएको गुनासो गर्दै पीडा सहन नसकेर बेडमा छटपटाउँदा समेत चिकित्सकले बेवास्ता गर्ने गरेको विरामीको गुनासो छ । सिकलसेल एनिमियाका विरामीलाई अस्पतालमा कार्यरत चिकित्सकले उपचार […]