प्रलोभन देखाएर अनलाइनबाट ७५ हजार ठगी

सदरलाइन संवाददाता १८ फाल्गुन २०७७, मंगलवार १७:५६
 

कञ्चनपुर : कञ्चनपुरमा अनलाइनबाट ७५ हजार रकम ठगी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका गोबरैयाकी सुशिला वोहरा र दोधरा चाँदनी नगरपालिका ७ की माया बुढालाई अनलाइन मार्फत ७५ हजार ठगी भएको हो ।

फेसबुक चलाउँदै गर्दा दुवै जनाको मोबाइलमा तपाइको चिट्ठा परेको छ भन्दै बधाइ छ भन्ने सन्देस आएको थियो । सन्देश आएपछि फेसबुक मार्फत कुराकानी गर्दै जाँदा फेसबुक पछि ह्वाटसपमा बधाइ आएको ठाउँबाट कुरा हुन थालेपछि दुबै जना अनलाइनबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२५ लाखको चिट्ठा परेको छ कसैलाई खबर नर्गनुु होला भनेर ह्वास्पबाट कुरा गरेपछि शङ्काको आधारमा प्रहरी समक्ष आएर ठगिएको गुनासो आएको प्रहरीको भनाई छ । सुशिला वोहरालाई ५५ हजार मोबाइल एप इमोबाट ठगि भएको छ भने माया बुढालाई २० अजार अर्को मोबाइल ह्वाटसपबाट ठगी भएको छ ।


कुराकानी गर्दा हिन्दीमा कुरा गर्ने र पैसा पठाएपछि मात्रै चिट्ठा परेको रकम उपलब्ध गराउने नियम छ भन्दै केही दिन अघिबाट यी दुई जनालाई अनलाइनबाट निरन्तर ठगी गर्ने व्यक्तिले फलोअफ गर्दै आएको थियो ।

चिट्ठाको रकम पाउनलाई माया बुढाले २० हजार र सुशिला वोहराले ५५ हजार रुपैया आएमी मार्फत पठाएको प्रहरीले जनाएको छ । पैसा पठाएको केही समयमै थप पैसा पठाउन भनेपछि आफूहरु ठगिएको भन्दै दुवै प्रहरी समक्ष आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए ।

उनका अनुसार अनलाइन मार्फत ठगी गर्ने प्रवृतिका घटना बाहिरी देशबाट हुने भएकोले प्रहरीले ठगिएको विषयलाई विभिन्न माध्यमबाट अनुसन्धान गरिहरेको छ । अनलाइनको माध्यमबाट मानिस ठगिएको विषयलाई अनुसन्धान गर्नको लागि प्रहरीले काठमाण्डौको युनिटसँग पनि समुन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Next Post

निर्वाचनपछि दुई तिहाई बहुमतसहित फर्कन्छु : प्रधानमन्त्री ओली

१८ फाल्गुन २०७७, मंगलवार १७:५६
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत भए कसैले पदबाट हटाउन चुनौती दिएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कसैले सक्छ अहिले भने हटाओस्, खुसी साथ हट्छु, अर्को चुनावमा दुई तिहाईको साथ सिंहदरबारमा फर्किन्छु ।’ अदालतले संसद् ब्युँताएरै केही आफूलाई केही नभएको बताए । ‘अदालतले […]