बाँकेको बनकट्टीमा धार्मिक मेला शुरु

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार १६:३६
 

डुडुवा (बाँके) : विगत बर्षझै यस बर्ष पनि बाँकेको डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमवारदेखि शुरु भएको छ । मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ ।

जलसामा भारतको विभिन्न जिल्लाबाट मेलालाई भव्य रुपमा सफल बनाउनका लागि धर्म गुरुहरु आउने भएका छन ।


मेला फागुन १७ गतेदेखि चार दिनसम्म लागनेछ । बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने मेलाका सञ्चालक इसराक अहमद शाहले जानकारी दिए ।

मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य हुने मेला सञ्चालक गद्दी नशिन शाहले बताए ।

Next Post

घाइते भएको पाटेबाघ अझै भेटिएन

१७ फाल्गुन २०७७, सोमबार १६:३६
बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सले ठक्कर दिँदा घाइते भएको वयस्क पाटेबाघ अझै भेटिएको छैन । निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्ड बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिबार बिहान घाइते भएको पाटे बाघ अझै नभेटिएको निकुञ्ज प्रशासनले जनाएको छ । नेपालगञ्जबाट पश्चिम तर्फ […]