दुईथान चितुवाको छालासहित एक पक्राउ

६ माघ २०७५, आईतवार १६:०६
 

सदरलाइनडटकम,
वीरेन्द्रनगर (सुर्खेत) : नेपाल प्रहरी पाँच नं.प्रदेश अनुसंन्धान व्यूरोको टोलीले प्रदेश नं. ६ को राजधानी बिरेन्द्रनगर सुर्खेतबाट एकजनालाई दुई थान चितुवाको छालासहित नियन्त्रणमा लिएको छ ।
प्रहरी ब्यूरो निकट स्रोतले दिएको जानकारी अनुसार प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले विरन्द्रनगर नगरपालिका–३ ऐरीचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका–४ सिउना कालिकोटको २९ वर्षिय ट‌‌कप्रसाद सञ्जेल (उपाध्याय)लाई साढे ३ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार उपाध्यायका साथबाट एकथान ध्वासे चितुवा र एक थान ठूलो बयस्क चितुवाको छाला बरामद भएको हो । दुबै छालासहित प्रहरी नियन्त्रणमा परेका उपाध्यायमाथि अनुसंन्धानका लागि नजिकको प्रहरी युनिटमा बुझाउने तयारी भइरहेको छ ।
यसैबीच गत हप्तामात्र बाँकेको कोहलपुरमा सोही टोलीले दुर्लभ पाटे बाघको छालासहित दुईजनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।

Next Post

बाँकेमा नेकपाका पदाधिकारीले लिए शपथ

६ माघ २०७५, आईतवार १६:०६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्लाअन्तर्गतका आठवटै स्थानिय तहका पदाधिकारी अर्थात् अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपा बाँकेको पार्टी कार्यालयमा आईतवार आयोजित स्थानिय तहका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनिहरुले शपथ लिएका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश कमिटिका सचिव जगप्रसाद […]