नेपालगञ्ज : सडक डिभिजन कार्यालय नेपालगञ्जले सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको छ । कार्यालयले बुधवार एउटा सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्र भित्र पर्ने नेपालगञ्जको जमुनाहा–कोहलपुर हुँदै सुर्खेतको हर्रेसम्मको सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको हो ।
सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटरभित्र पर्ने सवै संरचना पुष मसान्तभित्र हटाउन कार्यालयले निर्देशन दिएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘रत्नराजमार्गको जमुनाहदेखि हर्रेसम्मको सडकखण्डअन्तर्गत् सडक सीमा भित्र सार्वजनिक हित प्रतिकूल हुने गरि राखिएका निर्माण सामग्री, व्यावसायिक सामान, अतिक्रमण गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु पुष मसान्तभित्र हटाउन सबैलाई जानकारी गराइन्छ ।
अन्यथा सडक अतिक्रमण नहटाएमा हुने क्षतीको जिम्मेवार कार्यालय नहुने तथा हटाउँदा लाग्ने खर्च स्वयम व्यक्तीबाट असुल गरिने छ ।’