नेपालगञ्ज मेडिकल कलेजमा आईसियू र भेन्टिलेटर थपियो

सदरलाइन संवाददाता २३ मंसिर २०७७, मंगलवार १६:४१
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आईसियू र भेन्टिलेटरसहितका उपकरण थप गरिएको छ । कोरोनावाहेक अन्य विरामीहरुको उपचारलाई दुष्टिगत गर्दै नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज र कोहलपुरमा आईसियू, भेन्टिलेटरसहितको उपकरण थप गरिएको अस्पताल निर्देशक डा. एम. किदवाईले जानकारी दिए ।

यसअघि २६ बेड आईसियू र ७ बेड भेन्टिलेटर रहेको नेपालगन्ज शिक्षण अस्पतालमा २० वटा आईसियू बेड थपेर ४६ बेड पुर्याईको छ भने थप ७ वटा भेन्टिलेटर थपेर १४ पुर्याईएको छ ।


त्यसैगरी कोहलपुर मेडिकल कलेजमा ३२ वटा आईसियू बेड थप गरेर ५२ पुर्याएको छ । ४ वटा भेन्टिलेटर थप गरेर भेन्टिलेटरको संख्या १० पुर्याईएको छ । नेपालगञ्ज र कोहलपुरमा एकएक वटा पोटेबल अल्ट्रासाउण्ड मेशिन पनि थप गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले जानकारी दिए ।

आईसियू बेड संख्या र भेन्टिलेटर थपिएसंगै सिरियस बिरामीहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहज हुने उनको विश्वास छ । थप गरिएको आईसियू वार्डको मंगलवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संयुक्तरुपमा उद्घाटन गरे ।

Next Post

कस्तुरीको विनासहित तीन जना पक्राउ

२३ मंसिर २०७७, मंगलवार १६:४१
बुटवल : कस्तुरीको विनासहित रुपन्देहीबाट ३ जना पक्राउ परेका छन् । सोमबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० भलुहीबाट १ थान कस्तुरीको विनासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । सूचनाका आधारमा देवदह–१० स्थित स्थानीय टेक बहादुर विकको घरमा शंकास्पद रुपमा बसेका ३ […]