नयाँ दिल्लीमा बम विष्फोट, सुरक्षा सतर्कता बढाइयो

सदरलाइन संवाददाता १७ माघ २०७७, शनिबार १६:२५
 

काठमाण्डौ : भारतको राजधानी नयाँदिल्लीमा बम विष्फोट भएको छ । इजरायली दूतावास नजिक भएको विष्फोटबाट केही कारमा क्षति पुगेको छ ।

विष्फोटपछि भारतका लागि इजरायली राजदूत रान माल्काले यो हमलाको उद्देश्य पत्ता लगाउनका लागि आफूहरुले भारतीय अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । यो घटना दुवै देशको राजनीतिक सम्बन्धको २९ वर्षको वार्षिकोत्सवका समयमा भएको हो ।

दिल्ली पुलिसका जनसम्पर्क अधिकारीले जिन्दल हाउसको नजिक एपीजे अब्दुल कलाम रोडमा स्थानीय समयानुसार शुक्रावर साँझ ५ः०५ बजे कम क्षमताको आइइडी विष्फोट भएको बताए । यसबाट केही पनि घाइते भएका छैनन् । तीन कारको शीशा फुटेको छ ।


इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार शुरुआती जाँचका क्रममा यो बम रोड डिभाइडरमाथि गमलामा राखिएको थियो । दिल्लीमा सुरक्षा बढाइएको छ । उक्त विष्फोटका समयमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदी बिटिङ रिट्रिट सेरेमनीका लागि जाँदै थिए ।

यसैबीच भारतीय गृहमन्त्री अमित शाहले यो घटनापछि आफ्नो बंगाल यात्रा स्थगित गरेका छन् । शाहले शुक्रबार राति दिल्लीमा सुरक्षा र खुफिया एजेन्सीका अधिकारीहरुसँग उच्चस्तरीय मिटिङ पनि गरेका छन् ।

Next Post

शहिद दिवशमा आर्य समाजको आयोजनामा कवी गोष्ठी सम्पन्न

१७ माघ २०७७, शनिबार १६:२५
नेपालगञ्ज : शहिद दिवसको अवसर पारेर आर्य समाज नेपलगञ्जको आयोजनामा विशेष कवि गोष्ठीको आयोजना गरी मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शहिदको बलिदानको कारण राष्ट् निर्माण भएको बताउदै राष्ट्र निर्माणमा योगदान दिने सम्पुर्ण ज्ञात अज्ञात शहिद प्रति समवेदना प्रकट गरे । यस्तै प्राध्यापक […]