क्वीक्स कपमा जनताको फराकिलो जीत

१५ असार २०७६, आईतवार १९:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा आइतवार बागेश्वरी एकेडेमी, गाभार, ध्रुवतारा विद्यामन्दिर, जेनिथ ई.बोर्डिङ स्कूल र जनता नमूना मावि विजयी भएका छन् । पहिलो खेलमा बागेश्वरी एकेडेमीले नेपालगञ्ज मोडेल एकेडेमीलाई १–० गोलले पराजित गर्याे ।
बागेश्वरीका लागि प्रकाश कडेलले ३१ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । दोस्रो खेलमा जेनिथले युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जलाई २–१ गोलले पराजित गर्यो । जेनिथका चर्चित ढुंगानाले २१ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । एक मिनेटपछि नै युनाइटेडका अनुराग थापाले गोल गरेर टीमलाई बराबरीमा ल्याए ।
मध्यान्तर हुनु अघि २९ मिनेटमा जेनिथका दिनेश उपाध्यायले गोल गरेर टीमलाई फेरि अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट राम्रा राम्रा अवसरहरु निकाले पनि गोल हुन सकेन । तेस्रो खेलमा धु्रवतारा विद्यामन्दिरले ग्रिनपिस माविलाई ट्राइबेकरमा पराजित गरेको छ । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएको थियो ।
धु्रवताराका लागि रितिन न्यौपाने र ग्रिनपिसका लागि सन्दीप हमालले २–२ गोल गरेका थिए । ट्राइबेकरमा धु्रवतारा ४–३ गोलले विजयी भएको प्रशिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए । चौथो खेलमा जनता नमूना मावि खजुराले जय बागेश्वरी उमावि, नेपालगञ्जलाई ३–० गोलले पराजित गरेको छ ।
जनताबाट निशान खत्री, सुजन थापामगर र सन्देश विश्वकर्माले एकएक गोल गरेका थिए । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कपमा ३२ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिता नकआउट आधारमा खेलाइएको छ ।

Next Post

जानकीका जनप्रतिनिधीलाई कानुनबारे अभिमुखीकरण

१५ असार २०७६, आईतवार १९:१८
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेकोे जानकी गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि कानुन र सुशासनबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सोमवारदेखि शुरु भएको छ । गाउँपालिकाको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत नेपालगञ्जका न्यायाधीश खुशीप्रसाद थारुले उदघाट्न गर्दै स्थानीय तहलाई विभिन्न कानून निमार्ण […]