विभिन्न अभियोगमा बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता १३ माघ २०७७, मंगलवार १७:१३
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार रहेका जानकी गाउँपालिकाका ५१ वर्षीय मातादिन काँदु र वहुविवाहमा फरार रहेका खजुरा गाउँपालिका वडा नं २ उढरापुरका विनाकुमारी खटिकलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेले कात्तिक २२ गते काँदुलाई चोरी मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद र बीस हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतले वहुविवाहमा खटिकलाई ११ महिना १२ दिन कैदको सजाय सुनाएको हो । बाँके प्रहरीले अहिलेसम्म ५ सय १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।


यस्तै प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज १५ जमुनाहा नाकामा शंकास्पदरुपमा उभिएका कोहलपुर ५ रझेनाका २२ बर्षीय होम बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ १२ गते जमुनाहाबाट खटिएको प्रहरी टोलीले सार्कीलाई तलासी लिने क्रममा उनीबाट रातो प्लाष्टिकको पुडिया बनाइराखेको एक ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

बाँकेको खजुरा–७ मा प्रसुती गृह निर्माणपछि हस्तान्तरण

१३ माघ २०७७, मंगलवार १७:१३
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा नव निर्मित प्रसुती गृह उद्घाटनसंगै गाउपालिकालाई हस्तान्तरण गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुती भवनको उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष एकमाया विकले सुरक्षित रुपमा सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरले […]