बर्दियामा खैरो हेरोइनसहित ५ जना पक्राउ

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १५:०५
 

बर्दिया : बर्दियाको मधुबन नगरपालिका–७ दशरथबस्ती बस्ने २१ वर्षीय सौगात सुनार समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले लागूऔषध सेवन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उक्त पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाण्डौबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना

१३ भाद्र २०८०, बुधबार १५:०५
नेपालगञ्ज : काठमाण्डौबाट नेपालगञ्ज आउँदै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना भएको छ । ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सातजना घाइते भएको जनाइएको छ । दुघर्टनापछि […]