प्रदेशसभा सदस्यबाट राजीनामा दिने मल्लको घोषणा

सदरलाइन संवाददाता १५ बैशाख २०७९, बिहीबार १७:२६
 

डडेलधुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।


बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ । मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिंदैन । आजैदेखि म प्रदेशसभा सांसद नरहेको घोषणा गर्दछु ।’

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो । स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो । अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्ट गरिदै

१५ बैशाख २०७९, बिहीबार १७:२६
नेपालगञ्ज :  न्याय र शान्तिका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगञ्जमा जस्टिस कन्सर्टको आयोजना गरिदैछ । देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरुको सहभागितामा कन्सर्टको आयोजना गर्न लागिएको हो । ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र […]