नेपालगञ्जमा वडा कार्यालय भवनको शिलान्यास

सदरलाइन संवाददाता १५ पुष २०७७, बुधबार १५:३७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, वडाध्यक्ष सुनिलसिंह हमाललगायतले बुधवार भूमिपुजनसहित शिलान्यास गरे ।

सो अवसरमा मेयर राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । उनले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताए । वडाध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो ।


वडा कार्यालयसँगै बर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन निर्माणको अन्तिम चरणमा रहेको छ । भवनका लागि संघीय सरकारलगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।

Next Post

भूमि समस्या समाधानको काम अघि बढ्यो

१५ पुष २०७७, बुधबार १५:३७
नेपालगञ्ज : भूमि सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमिहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका […]

सम्बन्धित