तुलसीपुर–नेपालगञ्जमा विद्युतीय गाडी सञ्चालन

सदरलाइन संवाददाता १० चैत्र २०७९, शुक्रबार १३:३५
 

नेपालगञ्ज : दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सरेश हमालले सार्वजनिक यातायातका क्षेत्रमा पहिलो पटक शुक्रबारदेखि विद्युतीय गाडीले सेवा दिन थालेको जानकारी दिए । अध्यक्ष हमालका अनुसार पहिलो चरणमा तुलसीपुरदेखि नेपालगञ्जसम्म सेवा प्रदान गर्नेछ ।

‘‘अहिले एउटा मात्रै गाडीबाट सेवा सुरुवागत गरेका छौं,’’ अध्यक्ष हमालले भने, ‘‘यात्रुको चाहाना अनुसार आगामी दिनमा गाडी थप गरेर सेवा दिने छौ ।’’


१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । उक्त गाडीको भाडा पाँच सय रुपियाँ तय गरिएको छ । प्रालिले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्ज छुट्ने छ भने दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किने छ । गाडी धनी विमल पौडेलले धुवा मुक्त र इन्धन बचन हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘‘इन्धन बाहिरबाट आउने भएकाले महंगी बढिरहन्छ । त्यसैमा कहिले काही झन नपाइने समस्या हुन्छ,’’उनले भने, ‘‘यी समस्यालाई मध्यनजर गर्दै विद्युतीय गाडी ल्याएका छौ ।’’ व्यक्तिगत रुपमा विद्युतीय गाडी सञ्चालन भइरहे पनि सार्वजनिक गाडी भने जिल्लामा पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन

१० चैत्र २०७९, शुक्रबार १३:३५
नेपालगञ्ज : बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरु भएको छ । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, […]