नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय

सदरलाइन संवाददाता ७ पुष २०७७, मंगलवार १७:२७
 

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केपी ओलीबाहेकका समूहले अर्का अध्यक्षमा माधव नेपाललाई बनाउने निर्णय गरेको छ । मंगलवार कार्यकारी अध्यक्षप्रचण्ड सहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको हो ।


यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउनेसहितको प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।

Next Post

कोरोनाविरुद्ध फाइजरको खोप प्रयोग गर्न ईयूको सिफारिस

७ पुष २०७७, मंगलवार १७:२७
काठमाण्डौ : युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही […]

सम्बन्धित