नव दिनसम्म पुजा आराधना गरिएको मूर्ति शनिवार विसर्जन गरिँदै

यदुराज मिश्र ३० आश्विन २०७८, शनिबार १५:०२
 

नेपालगञ्ज : घटनस्थापनाका दिनदेखि राखिएको दुर्गा मूर्ति शनिवार विसर्जन गरिँदै छ । बाँकेको विभिन्न ठाउँमा राखिएको दुर्गा भवानीको मूर्ति नव दिनसम्म पुजा आराधना गरी विसर्जन गर्न लागिएको हो ।

नेपालगञ्ज लगायत आसपासका क्षेत्रमा राखिएको दुर्गा भवानीको मूर्ति डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा गर्न लागिएको बताइएको छ । मूर्तिसहित नेपालगञ्ज नगरको परिक्रममा गरी राप्ती नदीमा लगेर मूर्ति सेलाईंदै छ ।

मूर्ति विसर्जन गर्ने र मेला हेर्नेहरुको राप्त नदीमा ठुलो भीड लागेको छ भने राती अबेरसम्म मूर्ति सेलाउने कार्यक्रम जारी रहने बताइएको छ ।


घटस्थापनादेखि नव दिनसम्म पूजा आराधना गरी विजया दशमीको भोली पल्ट नदीमा लगेर मूर्ति विसर्जन गर्ने प्रचलन रहेको छ ।

बाँकेको कम्दी, नरैनापुर, खजुरा र कोहलपुरलगायतका ठाउँमा मूर्ति विसर्जन गर्न लागिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । मूर्ति विसर्जन कार्यक्रमलाई दृष्टिगत गर्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खेल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउनेछु : मन्त्री अथक

३० आश्विन २०७८, शनिबार १५:०२
नेपालगञ्ज : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन । आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्तरुपमा नवनियुक्त मन्त्रीलाई गरेको सम्मान तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले […]