स्वस्फूर्त निर्माण गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेकेले पूर्णता पायो

१८ चैत्र २०७६, मंगलवार २१:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई सहयोग पुराउने उद्देश्यले स्वस्फूर्त निर्माण गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेकेले पूर्णता पाएको छ ।

पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले स्वस्फूर्त रुपमा आव्हान गरेको अभियानले मूर्तरुप लिदै १३ सदस्यीय समिति निर्माण गरिएको हो ।

समितिले स्थानीय तहसंग समन्वय गरी क्रियाशिल रहनेगरी प्रदेश सभा सदस्य नमुनको संयोजकत्वमा निर्माण गरिएको समितिको सदस्यहरुमा नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर, सहकारीकर्मी तथा नेकपा नेतृ बिजया धिताल, समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई, राप्रपा युवा नेता ऋषिराज देवकोटा, नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भिम रानाभाट, अधिवक्ता लोकबहादुर शाह, बासका अध्यक्ष रमेश सिटौला, युवा संघ नेपालका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य किशोर थापा, लायन्सकर्मी मुकुट ढकाल, सञ्जय थापा, विद्यार्थी नेता सूर्य घर्तिमगर रहेका छन भने समितिको सदस्य सचिव धनराम ओलीलाई तोकिएको छ ।


विश्व व्यापी फैलिएको नोबल कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले आव्हान गरेको लकडाउनका कारण दैनिक जीवन यापनमा समस्या व्यहोरेका ज्यालादारी मजदुर तथा विपन्न समुदायलाई खाद्यान्न तथा मानविय सहयोग जुटाउनको लागि प्रदेश सभा सदस्य नमुनाको पहलमा स्वस्फूर्त निर्माण गरिएको सो समितिले आफ्नो उद्देश्य अनुरुप काम गर्न सुरु गरीसकेको जनाईएको छ ।

सो समितिमा पछिल्लो पटक अधिवक्ता लोकबहादुर शाहले ५१ हजार, दमनध्वज क्षेत्री १० हजार दिपबहादुर घर्ती ५ हजार, मोहित शाह ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच सो समितिले आफ्नो उद्देश्य अनुसार काम गर्न सुरु गरेको छ । कोबिड –१९ को प्रकोप फैलिन नदिन आव्हान गरेको लकडाउनका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्नेहरुको तथ्याङ्क संकलन गर्ने र उनीहरुको समस्या समाधानको लागि प्रयास थालिएको संयोजक नमुनाले जानकारी दिईन ।

Next Post

लकडाउन प्रभावितलाई सहयोग गर्न रकम हस्तान्त्रण

१८ चैत्र २०७६, मंगलवार २१:१६
सदरलाइनडटकम, नेपालगञ्ज :  विश्वव्यापी भयावहको रुपमा फैलिएको कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने गरिव तथा बिपन्न वर्गको लागि सहयोग गर्ने उद्देश्यका साथ जम्मा भएको रकम बाँकेका विभिन्न गाउँपालिका मार्फत हस्तान्तरण गरिएको छ । लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाइ […]