यातायातको भ्रष्टाचारविरुद्ध अनेरास्ववियु बाँकेको ज्ञापनपत्र

सदरलाइन संवाददाता २९ माघ २०८०, सोमबार १७:४३
 

नेपालगञ्ज : यातायात व्यवस्था कार्यालयमा भएको भ्रष्टाचार विरुद्ध अनेरास्ववियु बाँकेले ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु बाँकेका जिल्ला अध्यक्ष प्रकाश विकद्वारा हस्तारक्षित ज्ञापनपत्र अनेरास्ववियु बाँकेका टिमले सोमबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई बुझाएका हुन् ।

सवारी साधनको अनुमति पत्र वितरणमा भएको अनियमितता र भ्रष्टाचार विरुद्धको ज्ञापनपत्र बुझाइएको अध्यक्ष विकले जानकारी दिए ।


सवारी साधनको अनुमति पत्र वितरणमा हुने चलखेल, यातायात कार्यालयमा बिचौलीयाहरुलाई प्रवेश निषेध, लिखित परीक्षामा सम्बन्धित निकायहरूको प्रत्यक्ष निगरानी हुनु पर्ने, सेवाग्राहीलाई अनावश्यक दुःख दिने कामको अन्त्य गर्नुपर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यद्यपि उक्त मागहरु पूरा नभएको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको ज्ञापनपत्र उल्लेख छ ।

यातायात ब्यवस्था कार्यलयमा भएको चरम अनिमितता र भ्रष्टाचार नियन्त्रणमा लिन तथा मागहरु पूरा गर्न ४८ घण्टे अल्टिमेटम सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङता भएकी महिलालाई बलात्कार गर्ने पक्राउ

२९ माघ २०८०, सोमबार १७:४३
नेपालगञ्ज : शारीरिक अपाङता भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गोदावरी नगरपालिका वडा नं. ५ गेटा नहरटोल बस्ने ३९ वर्षीय गोबिन्द प्रसाद बोहोरालाई इलाका प्रहरी कार्यालय कोहलपुरले काठमाण्डौबाट पक्राउ गरेको हो । पीडित महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी […]