नेपालगञ्जमा जडान गरिएका सिसि क्यामेरा बिग्रिए

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १३:३५
 

नेपालगञ्ज : नेपालगञ्जका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएका छन् ।

२०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र जिल्ला प्रहरी कार्यालयको पहलमा १४ वटा चोकमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सञ्चालनको जिम्मा प्रहरीलाई दिइएकोमा प्रहरीको वेवास्ताका कारण क्यामेराहरु बिग्रिएका हुन् । जडान गरिएका अधिकांश क्यामेरा विग्रिएका छन् ।


बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले नेपालगञ्ज उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा बिग्रिएका क्यामेरा मर्मतको काम भइरहेको बताए ।

सिसि क्यामेरा विग्रिएका कारण चोरी, लुटपाट, दुर्घटनालगायतका घटनामा अनुसन्धान गर्न प्रहरीलाई गाह्रो परेको बताइएको छ । आफ्नो अनुसन्धानमै सघाउने आधुनिक प्रविधिको साधनको संरक्षण र मर्मतसम्भारमा पनि प्रहरी गम्भीर नभएको भन्दै चर्को आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबारे नेपालगञ्जमा अन्तरक्रिया

१४ असार २०७९, मंगलवार १३:३५
नेपालगञ्ज : हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहितरुपमा सम्पन्न भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बाताबरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा आम नागरिकको भुमिका महत्वपूर्ण हुने बताए । सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा मानव अधिकारका सवालहरु, सकारात्मक […]

ताजा अपडेट