अछाममा बाढीले बगाउँदा ६ को मृत्यु, १७ बेपत्ता

३ भाद्र २०७७, बुधबार १३:३९
 

अछाम : अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलाश खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

बाढिमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी बाढीप्रभावित क्षेत्रको उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुग्दै छ ।

Next Post

बाँकेका थप तेह्र जनामा कोरोना पुष्टि

३ भाद्र २०७७, बुधबार १३:३९
नेपालगञ्ज : बाँकेमा बुधवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १३ र बर्दियाका २ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये ८ जना कोहलपुरका, ३ जना नेपालगञ्जका तथा राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एकएक […]