बाँकेको डुडुवाबाट सालको अवैध काठ बरामद

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:३९
 

नेपालगञ्ज : बाँकेको डुडुवाबाट सालको काठ बरामद गरिएको छ ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ सन्तलियास्थित लुकाई छिपाई राखेको अवस्थामा साल जातको काठ गोलिया २ थान (८.५ क्यु फिट र ११.११ क्यु फिट) प्रहरी चौकी खडैचा र हजरात सामुदायिक बन उपभोक्ताको संयुक्त टोलिले फेला पारेको हो ।


उक्त काठ कारवाहीका लागि नेपालगञ्ज सव–डिभिजन वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इश्तियाक राई मंगलवार विहानैदेखि चुनावी अभियानमा व्यस्त

२२ कार्तिक २०७९, मंगलवार १३:३९
नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी अभियानलाई मंगलवार विहानैदेखि तीब्र पारेका छन् । उनी विहानैदेखि नेपालगञ्ज र डुडुवाका मतदातामाझ पुगेका छन् । उनले मतदातामाझ आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन् । निर्वाचन […]