नरैनापुरका अग्निपीडितलाई राहत प्रदान

१५ चैत्र २०७५, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका अग्निपीडितलाई गाउँपालिकाले शुक्रवार राहत प्रदान गरेको छ । विहीवार आगलागी भएका ४ घरपरिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य ४ घरपरिवार गरी जम्मा ८ घरपरिवारलाई राहत दिइएको हो ।
प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ वटा डेक्ची, ४ वटा प्लेट, २ वटा गिलास, २ केजी नुन, १ लिटर खाने तेल र १/१ वटा डाडू पन्यू राहत स्वरुप प्रदान गरिएको गाउँपालिकाका नायब सुब्बा मोहम्मद स्माइल खानले बताए । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर १ वडा अध्यक्ष मोल्हे बेहना शेष र वडा सदस्य जलालु खाँले राहत प्रदान गरेका थिए ।
विहीबार साँझ वडा नम्बर १ कट्कुइँयामा आगलागी हुँदा ४ वटा घरगोठ जलेका थिए । आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशंकर अहिर र जित अहिरको फुसले छाएको घरगोठ जलेका थिए । गाउँपालिकामै दमकल भएका कारण आधा घण्टामै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएको थिएन ।

Next Post

मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

१५ चैत्र २०७५, शुक्रबार १८:३७
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् । डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो […]