बम विस्फोट हुँदा काबुलमा २२ जनाको मृत्यु

९ श्रावण २०७६, बिहीबार १८:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको राजधानी काबुलमा शिलशिलाबद्ध बम विस्फोटमा २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना खानी तथा पेट्रोलियम मन्त्रालयका मजदुर रहेको बताइएको छ । उनीहरु चढेको बसमा बम विस्फोट गराइएको थियो । त्यस्तै मृत्यु हुनेमा पाँच जना महिला र एक जना बच्चा पनि रहेका छन् । विस्फोटमा अन्य २७ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलो विस्फोटको केही मिनेटपछि नै एक जना आक्रमणकारीले बमसहित आफूलाई उडाउँदा कम्तीमा सात जनाले ज्यान गुमाए भने २० जनाभन्दा बढी घाइते भए । ‘पहिला एउटा बसमा बम विस्फोट गराइएको थियो र त्यसको केही मिनेटमा नै एक जना आक्रमणकारीले बमसँगै आफूलाई उडाए । तेस्रो विस्फोटमा चाहिँ एउटा कार हावामा उडेको थियो’, काबुलको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले भने । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने उनले बताए ।
आतंकवादी संगठन तालिवानका प्रवक्ताले कार बम विस्फोटको जम्मा लिएका छन् । त्यस्तै अरु विस्फोटको जिम्मा आईएसआईएसले लिएको अधिकारीहरुले बताएका छन् । तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहीदले कार बम विस्फोटमा नौ जना विदेशी दल मारिएको र दुई ओटा सवारी साधन ध्वस्त भएको दाबी गरेको छ । तर सरकारले भने तालिवानको दाबीलाई आधिकारिक मानेको छैन ।
(एजेन्सी)

Next Post

निर्मला घटनाको वास्तविकता सार्वजनिक गर्न माग

९ श्रावण २०७६, बिहीबार १८:४८
सदरलाइनडटकम, डडेल्धुरा : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । शुक्रवार हत्याकाण्डको एक वर्ष पुग्दा पनि मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी […]