श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

सदरलाइन संवाददाता १ चैत्र २०७७, आईतवार ०८:३७
 

काठमाण्डौ : श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।

यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताए ।

सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषदमा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उनको भनाइ छ ।


योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ ।

सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २५० जनाको ज्यान गएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ ।

बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्न निर्णय लामो समयदेखि रोकिएर बसेको सरकारी अधिकारीहरुले बताएका छन् ।

Next Post

सोमवारदेखि एन्फा प्रेसिडेन्ट लिग २०७७ शुरु हुँदै

१ चैत्र २०७७, आईतवार ०८:३७
नेपालगञ्ज : बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमवारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगञ्ज रंगशालामा प्रतियोगिता शुरु हुन लागेको हो । एन्फाले आइतवार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा […]