खजुराका विद्यालय आइतवारबाट सञ्चालन हुने

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १२:३६
 

खजुरा (बाँके) : खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सुचारु हुने भएका छन् । कोभिडका कारण लामो समय बन्द रहेका विद्यालय आइतवारदेखि संचालन गर्न खजुरा गाउँपालिकाले अनुमति दिएपछि बन्द विद्यालय सुचारु हुने भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति दिन सक्ने निर्णय गरे लगतै खजुरा गाउँपालिकाले सूचना जारी गरि आइतवारदेखि विद्यालय सञ्चालनका लागि विद्यालयलाई परिपत्र गरेको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।


उनले कोभिड–१९ को जोखिम विश्लेषणको आधारमा विद्यालय संचालन गर्न सकिने देखिएकोले गाउँपालिका भित्र रहेका विद्यालयलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरि विद्यालय संचालन गर्न अनुमति दिइएको बताए ।

कक्षा कोठामा एक साथ विद्यार्थी राख्दा स्वास्थ्य मापदण्ड पालना नहुने भएकोले सिफ्ट प्रणालीको आधारमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाईदै

१८ भाद्र २०७८, शुक्रबार १२:३६
नेपालगञ्ज  :  राष्ट्रसेवक निजामती कर्मचारीहरूको महत्वपूर्ण पर्व निजामती सेवा दिवस–२०७८ बाँकेमा विविध कार्यक्रमका साथ मनाईन सुरु गरिएको छ । कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा पहिलो दिन व्याटमिन्टन प्रतियोगिताबाट सुरु गरिएको हो । नेपालगञ्ज रंगशालामा सुरु गरिएको सो प्रतियोगितामा विभिन्न ३६ वटा टिमले सहभागिता जनाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर […]