पौडेललाई पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार १६:४८
 

कैलाली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर–४ ले नेता पौडेललाई प्रहरीले प्रक्राउ गरेको बिरोधमा अत्तरियामा आधा घण्टा चक्काजाम गरेको हो ।

नेविसंघका नेता तथा कांग्रेसका नेता कार्यकता सहभागि रहको चक्काजाम पछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले सरकारले नेता पौडेललाई पक्राउ गरेकोमा चर्को बिरोध जनाएका थिए ।

गोदावरी नगर सचिव तेज खड्काले सरकारको गलत रबैयाका कारण कांग्रेस फेरी सडकमा आउनु परेको बताए । देशमा लोकतन्त्र, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति पुल उद्घाटन गर्दै गर्दा पक्राउ पर्नु निन्दनिय भएको बताए ।


नेविसंघ कैलाली क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापती गणेश शाहले नेपाली कांग्रेस राज्यको आतंकका विरुद्ध सडकमा उत्रिएको बताए ।

उनले नेकपा सरकारको अलोकतान्त्रिक चरित्रले गणतन्त्र नै खतरामा परेकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

Next Post

तरुण दलद्वारा नेपालगञ्जमा प्रदर्शन

१८ मंसिर २०७७, बिहीबार १६:४८
नेपालगञ्ज : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार तनहुँमा भएको गिरफतारीको विरोधमा नेपाल तरुण दल बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । तरुण दलले बीपी चोकमा टायर बालेर प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा तरुण दलका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । प्रहरीले काँग्रेस कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेपछि प्रहरीसँग […]

सम्बन्धित