सरकारको लोकप्रियता बढ्दो गतिमा छ : मन्त्री बास्कोटा

७ फाल्गुन २०७६, बुधबार १६:५७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले दिर्घकालिन योजनाका साथ काम गर्दै गएको कारण जनतामाझ लोकपृय बन्दै गएको बताएका छन् । बाँकेको कोहलपुरमा बुधबार गोरखापत्र दैनिकको पश्चिमक्षेत्र कोहलपुर संस्करणको शुभारम्भ गर्दै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन ।
उनले सरकारले सञ्चार क्षेत्र गोरखापत्रलाई फ्रिडम सहितको स्टेट मिडिया बनाउन खोजेको स्पष्ट पार्दै शिकारीले जस्तो एक आँखा चिम्लेर यसले सरकारको पक्षमा मात्र एकोहोरो वकालत नगरी दुबै आँखाले स्पष्ट देख्न सक्ने गरी काम गर्न गोरखापत्रकर्मीलाई निर्देशन समेत दिए । उनले भने–‘तपाईहरु एकोहोरो सरकारको गुणगान मात्र न गर्नुहोस राम्रा र नराम्र दुबै पक्षलाई केलाई जनता समक्ष पुराउनु होस ।’
मन्त्री बास्कोटाले गोरखापत्रको कोहलपुर सस्करणले पाँच नंम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संस्कार, संस्कृतिको प्रचार प्रसार गर्दै र समग्र प्रदेशको प्रगति जनतामाझ लैजाने सेतुको रुपमा रहने विश्वास व्यक्त गरे ।
उनले बर्तमान सरकार जनचाहाना अनुरुप अघि बढेको दाबी गर्दै ‘डेमोक्रेशी’मा लुटतन्त्रको अन्त्यका लागि बेथिति रोकेर सुशासन र विधिको शासन कायम गर्न दृढ रहेको उल्लेख गरे ।
गोरखापत्र सस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पाँच नं. प्रदेश सरकारका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

शेमरक किड्स किङ्गडमको चौथो वार्षिकोत्सब सम्पन्न

७ फाल्गुन २०७६, बुधबार १६:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज एजुकेशनल फाउण्डेशनद्वारा सञ्चालित शेमरक किड्स किंगडमले आफ्नो चौथो बार्षिकोत्सब मनाएको छ । फाउण्डेशनका कार्यबाहक अध्यक्ष सुनिलकुमार शर्माको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा.राजकुमार सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए […]