तरुण दलद्वारा नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार १७:००
 

नेपालगञ्ज : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार तनहुँमा भएको गिरफतारीको विरोधमा नेपाल तरुण दल बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । तरुण दलले बीपी चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा तरुण दलका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । प्रहरीले काँग्रेस कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेपछि प्रहरीसँग विवाद भएको थियो ।


तरुण दल बाँकेका सचिव विनोद रिजालको अध्यक्षतामा भएको कोणसभालाई नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति रमेश गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहले सरकारलाई सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।

Next Post

नरैनापुरबाट ठूलो परिमाणमा गाँजा बरामद

१८ मंसिर २०७७, बिहीबार १७:००
नरैनापुर (बाँके) : प्रहरीले नरैनापुर गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ४ जयराम पुर्वाका धनिराम यादवको घरबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट गएको प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा २५ किलो गाँजा बरामद गरेको […]