सल्यान : सल्यानको श्रीनगर बजार ७ दिनका लागि पूर्णरुपमा शील गरिएको छ । श्रीनर बजारबाट ४६ जनाको स्वाब संकलन गरी पिसीआर जाँच गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएपछि श्रीनगर बजार ७ दिनका लागि शील गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिवर बसेको जिल्ला सुरक्षा समिति सल्यानको बैठकले शनिबारदेखि मंसिर ६ गतेसम्म स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंकबाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । शारदा नगरपालिका कार्यपालिकाको सिफारिसअनुसार जिल्ला सुरक्षा समितिले शील गर्ने निर्णय गरेको हो ।
शारदा नगरपालिका वडा नं. १ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नं २ को जोगिदेउखोला, वडा नं. ६ को बरालासम्मको क्षेत्र शील गरिएको जनाइएको छ ।