देउसी–भैलीको रकमले पर्खाल निर्माण गरियो

सदरलाइन संवाददाता ६ पुष २०८०, शुक्रबार १५:३१
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका –७ मनकामनामा रहेको दुर्गा– कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि देउसी–भैली खेलेर सङ्कलन गरेको रकमले पर्खाल निर्माण गरिएको छ ।

देउसी–भैली खेलेको चार लाख रुपैयाँ पर्खाल निर्माणमा लगाइएको मन्दिर समितिका अध्यक्ष विश्वप्रसाद ढुङ्गानाले बताए । त्यस्तै, पर्खाल निर्माणका लागि पर्यटन डिभिजन कार्यालयमार्फत चालु आर्थिकबर्ष २०८०–८१ मा १० लाख रुपियाँ बजेट छुट्याइएको छ । मन्दिर संरक्षणका लागि १२० मिटर लामो पर्खाल निर्माण भइरहेको अध्यक्ष ढुङ्गानाले बताए ।

मन्दिर समितिका अध्यक्ष ढुङ्गानाले प्राविधिक मुल्याङ्कनभन्दा ४५ मिटर बढी १६५ मिटर लामो पर्खालको काम सम्पन्न भइरहेको बताउनुभयो । अध्यक्ष ढुङ्गानाले भने, ‘देउसी–भैलोबाट प्राप्त रकम मन्दिरको पर्खाल निर्माणमा खर्च गरेका छौं ।’


स्थानीय नारायणप्रसाद कँडेलले एक विघा १६ कठ्ठा क्षेत्रफलमा मन्दिर रहेकाले मन्दिरको जग्गा संरक्षणका लागि पर्खाल आवश्यक भएको बताउनुभयो । उहाँले बाँकी रहेको क्षेत्रमा पर्खाल लगाउन सके मन्दिरको जग्गा संरक्षण हुने बताए । मन्दिरसँगै धर्मशाला निर्माण गर्ने समितिको योजना छ ।

बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरुको सक्रियतामा मन्दिर संरक्षणको कामको अगुवाइ हुनु सकारात्मक भएको बताए । प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई योजना छनोट गर्न दिएपछि खत्रीको छनोटमा मन्दिरको पर्खाल निर्माणका लागि बजेट विनियोजन भएको थियो ।

प्रदेशसभा सदस्य खत्रीले भने, ‘निर्वाचन क्षेत्रमा चालु आवमा करिब ४३ करोड बजेट रहेकोमा मन्दिरको पर्खाल निर्माणको योजना सबैभन्दा पहिले सम्पन्न हुने योजनामा परेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा लघुवित्त पीडितको प्रदर्शन

६ पुष २०८०, शुक्रबार १५:३१
नेपालगञ्ज : लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । नेपालगञ्जको कारकादौंबाट बैङ्क तथा वित्तिय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजी सहितको विरोध प्रदर्शन भएको हो । लघु वित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शनमा अधिकांश महिलाहरुको सहभागिता थियो । सङ्घर्ष समितिका अध्यक्ष […]