सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नं .३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहको विदाई एवं सरुवा भएर आएका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीको एक कार्यक्रमबीच सोमवार स्वागत गरिएको छ ।
करीब एक वर्ष सफल कार्यकाल बिताएका सशस्त्र प्रहरी उपरीक्षक शाहको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएपछि उनको विदाई गरिएको हो ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलबस्तुबाट सरुवा भई नयाँ गणपतिका रुपमा आएका सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको स्वागत गरिएको नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले जनाएको छ ।

