च्याउ खेतीबाट आत्मनिर्भर बन्दै सुकुम्बासी महिला

२० आश्विन २०७३, बिहीबार १२:२९
 

unnamedसुदीप अधिकारी/सदरलाइनडटकम
२० असोज, बर्दिया : पछिल्लो समयमा बर्दियाका महिलामा च्याउ खेतीतर्फ आर्कषित भएका छन् । जिल्लाको बबई नगरपालिका–२ सेम्रहवाफाँटाका महिलाहरु यतीखेर च्याउ खेतीमा जुटेका छन् । यहाँका सुकुम्बासी महिलाहरुले घरैपच्छिे च्याउ खेती सुरु गरेका छन् । थोरै लगानीमा राम्रो कमाई हुने भएपछि सुकुम्बासी महिलाहरु च्याउ खेतीमा आर्कषित भएका हुन् ।
विगतमा छिमेकमा गफ गरेर दिन बिताउँने महिलाहरु अहिले च्याउ खेतीमा लागेर व्यस्त हुने गरेका छन् । घरको कामसँगै उनीहरुले अहिले घरमै च्याउ खेती गरेर राम्रो कमाई गरिरहेका छन् । ‘ पहिले बेकारमा समय बित्थ्यो । अहिले घरको कामसँगै च्याउँ खेतीमा लागेपछि समयको सदुपयोगसँगै कमाई पनि भएको छ, ’व्यवसायीक च्याउ खेतीमा लागेकी प्रेममोती थारु भनिन् । च्याउ खेतीका लागि छुट्टै जमिन पनि नचाहिने, लगानी र मेहनत पनि कम लाग्ने भएकाले यो खेतीमा लागेको सुकुम्बासी महिलाहरु बताउँछन् ।
च्याउ खेती गर्न थालेपछि घर खर्चको जोहो गर्न कुनै समस्या नभएको महिलाहरुले सुनाए । १ सय ३२ डल्लामा च्याउ रोपेकी प्रेममोतीले मासिक न्युनतम १० देखी १२ हजार रुपैँया कमाइ हुने गरेको बताइन् । च्याउको कमाईले दैनिक घर खर्च चलाउन र छोराछोरीको पठनपाठनमा समेत निकै सहयोग पुगेको च्याउ खेतीमा लागेका महिलाहरुको भनाइ छ ।
सकुम्बासी बस्तीका करिव २५ घरघुरीका महिला च्याउ खेतीमा जुटेका छन् । उनीहरुले घरको एक कुनोमा च्याउ खेती गर्दै आएका छन् । जिल्लामा संचालित गरिबी निवारण कार्यक्रमबाट सिप सिकेर महिलाहरु च्याउ खेतीमा लागेका हुन् । आफुहरुले उत्पादन गरेको च्याउ स्थानियस्तरमै खपत भइरहेको व्यवसायीक च्याउ खेतीमा लागेकी प्रेममोतीले बताइन् ।
बस्तीमा च्याउ उत्पादन हुन थालेपछि ग्रहाकहरु च्याउँ किन्न घरमै आउने गरेको उनले बताइन् । उनले भन्छीन्, ‘ बाहिर जानु परेको छैन । च्याउँ किन्न स्थानिय व्यापारी र अन्य ग्राहक घरमै आइपुग्छन् ।’ बढी उत्पादन भएको बेला बिक्रिका लागि बजार जाने गरेको च्याउ खेतीमा संलग्न कृष्णी थारुले बताइन् ।
महिलाहरुले फुटकरमा प्रती केजी २ सय रुपैँयामा च्याउ बिक्रि गर्ने गरेका छन् । स्थानिय तरकारी पसलेहरुले महिलाहरुबाट च्याउ किनेर स्थानिय बजारमा समेत बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज नाकाबाट दशैको लागि न्यून मात्रामा खसिबोका भित्रिए

२० आश्विन २०७३, बिहीबार १२:२९
सदरलाइनडटकम,     २१ असोज, नेपालगन्ज : बडा दशैलाई लक्षित गरी नेपालगन्ज नाकाबाट यसवर्ष न्यून रुपमा खसिबोका भित्रिएका छन् । बाँके जिल्लामै व्यावसायिक बाख्रा पालन सुरुवात गरको कारणले पनि गत वर्षको तुलनामा यो वर्ष भारतबाट आउने खसिबोकामा कमी आएको व्यावसायीहरुको भनाई छ । भारतको विभिन्न ठाँउबाट आयात गरी भित्रयाईने खसीबोका गतवर्षको […]