बस दुर्घटनामा मृतक नौ जनाको शनाखत

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १३:०६
 

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको भएको छ । मृतक ९ जनाको शनाखत भएको छ ।

बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरीको मृत्यु भएको छ ।


यस्तै धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरी, दार्चुलाको लेकम ४ का र्तकराज गिरी, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको शनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

बाख्राको मासु बिक्री गर्नेलाई जरिबाना

२८ कार्तिक २०७७, शुक्रबार १३:०६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ । अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस […]