सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२७ बैशाख २०७४, बुधबार १४:१२
 

२७ बैशाख, नेपालगन्ज : नेपालगन्ज–कोहलपुर सडकखण्डको जानकी गाउपालिका–६ पिप्रहवाचोक नजिकै भएको सडक दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नयव उपरीक्षक सरोज पौडेलले दिएको जानकारी अनुसार ओबिलाल खत्रीले चलाएको भे ५ प ८९३ नं.को मोटर साईकलले पैदलयात्रीलाई ठक्करदिदा भारत बहराईचका ६७ वर्षिय अमृतलाल बाजपेयीको मृत्यु भएको हो ।
तीब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पैदल यात्री बाजपेयी सहित अन्य दुईजना घाइते भएका थिए । गम्भीर घाइते अवस्थामा रहेका वाजपेयीलाई भेरी अञ्चल अस्पतालमा प्राथामिक उपचारपछि नर्सिङ्ग होम रिफर गरिएको थियो ।
मंगलबार साँझ साढे ६ बजे भएको सो सवारी दुर्घटनामा परि मृत्यु भएका बाजपेयीको शव आफन्तले बुझेर सद्गतको लागि जिम्मामा लिनुको साथै र बाँकी दुई घाइतेको नेपालगन्ज नर्सिङ्गहोममा उपचार भई रहेको छ । प्रहरीका अनुसार घाइते दुई जनाको अवस्था सामान्य छ । चालक खत्री र मोटरसाइकल ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ्ग लागेर बाँकेमा एक महिलाको मृत्यु

२७ बैशाख २०७४, बुधबार १४:१२
सदरलाइनडटकम २७ बैशाख, नेपालगन्ज : चट्याङ्ग लागेर बाँकेमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विरबहादुर थापाले दिएको जानकारी अनुसार बुधबार बिहान साढे ६ बजे नेपालगन्ज–२० नयाँबस्तीमा परेको चट्याङ्गबाट ३० बर्षिया कौशिला रावतको मृत्यु भएको हो । घरको छतमा कपडा सुकाउन जाँदा मृतक रावत चट्याङ्गको […]