अस्पतालबाट मोवाईल चोर्ने मोबाईल चोर पक्राउ

६ कार्तिक २०७४, सोमबार ११:४०
 

 सदरलाइनडटकम 
६ कात्तिक, नेपालगन्ज : अस्पतालमा विरामी तथा बिरामी कुरुवाको आँखा छलेर मोवाईल चोर्ने एक जनालाई चोरीका ३ मोवाईल समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट मोबाईल चोर्दै गरेको अवस्थामा नेपालगन्ज–१० भृकुटीनगरका २२ बर्षिय सुरज थापालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले थापाको साथबाट चोरीका विभिन्न ब्राण्डका तीनथान मोबाईल र तीनहजार नगद समेत बरामद गरेको जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेका थापा लागू औषधको प्रयोगकर्ता समेत भएको जानकारीमा आएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौहजार घुस सहित विद्युतका प्रविधिक अख्तियारको फन्दामा

६ कार्तिक २०७४, सोमबार ११:४०
सदरलाइनडटकम ७ कात्तिक, नेपालगन्ज : सेवाग्राहीसंग विद्युत मिटर जडान गरिदिने भन्दै घुस माग्ने विद्युतका प्राविधिक अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक तेस्रो तहमा कार्यरत जयराम न्यौपानेलाई ९ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]