सात किलो अफिमसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता २६ कार्तिक २०७७, बुधबार १७:५८
 

नेपालगञ्ज : सात किलो अफिमसहित मंगलवार पक्राउ परेका दुई जनालाई बाँके प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नं. १०५ मा लागूऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ५ बजे दुई जनालाई पक्राउ गरेको थियो ।


उक्त स्थानमा शंकास्पद अवस्थामा रहेका जाजरकोटको नलगाड नगरपालिका नं. ९ का ४५ बर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ बर्षीय बिरेन्द्रमान सिंहलाई फेला पारी खानतलासी लिंदा उनीहरुको साथबाट ७ किलोग्राम अफिम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

दुबैजनामाथि आवश्यक अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ । लागूऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना रहेको छ ।

Next Post

खजुरामा मानव वेचविखनविरुद्ध समिति गठन

२६ कार्तिक २०७७, बुधबार १७:५८
खजुरा (बाँके) : खजुरा गाउँपालिकास्तरीय मानव वेचविखनविरुद्धको समिति निर्माण भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक एकमाया विक सदस्य, सामाजिक विकास समिति संयोजक फत्तेकुमारी जैसी र महिला वडा सदस्य सुवित्रा विक सदस्य र महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने […]