हुकुमी शैलीमा संसद् विघटन गरियो : सुरेन्द्र हमाल

सदरलाइन संवाददाता ८ माघ २०७७, बिहीबार १७:००
 

नेपालगञ्ज : नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले संसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज भएको बताएका छन् ।

नेपाली कांग्रेस नेपालगञ्ज वडा नम्बर १२ ले बिहीवार गरेको विरोधसभामा बोल्दै हमालले संविधानमै नभएको व्यवस्थालाई टेकेर हुकुमी शैलीमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाले संविधान रक्षार्थ कांग्रेस सडकमा आएको बताए । उनले अधिनायकबादी शैलीबाट अघि बढेका प्रधानमन्त्री ओलीले मुलुकलाई भड्खालोमा हालेको टिप्पणी गरे ।

कांग्रेस नेता अजितकुमार शर्माले कम्युनिष्टहरुलाई शासन गर्न आउँदैन भन्ने प्रमाणित भएको बताए । शर्माले लामो संघर्षबाट प्राप्त संविधानलाई कुल्चने दुष्साहस गर्ने प्रधानमन्त्री ओलीको राष्ट्रपति मतियार बनेको बताए । पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटाले केपी ओलीले जात्रा देखाएको टिप्पणी गरे ।


विरोधसभामा कांग्रेस महासमिति सदस्य डा.सुरेश कुमार कनौडियाले संविधान जोगाउने दायित्व कांग्रेसको काँधमा आएको बताए । वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको बताउँदै राजनीतिक संस्कार नभएकाहरु मुलुकको बागडोर सम्हाल्न पुग्दा आजको अवस्था आएको जिकिर गरे । वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले पुष ५ गते नेपाली राजनीतिको कालो दिन भएको बताए ।

कांग्रेसको केन्द्रिय सर्कुलर अनुसार आज बाँकेका ८१ वटा वडासहित देशभरका वडामा संसद् विघटनविरुद्ध कांग्रेसले विरोधसभा गरेको छ ।

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

८ माघ २०७७, बिहीबार १७:००
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं.९ का ७१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि पीसीआर गर्दा पुष २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भई रोगको प्रकृतिअनुसार […]